Thursday, June 4, 2009

के को विज्ञापन गर्न छुट छैन नेपालमा ??



संगै देब्रे पटि लेखिएको विज्ञापन हेर्नुस त , नेपाल मा जस्तो सुकै विज्ञापन सर्बजनिक स्थानमा राख्न पाइदो रहेछ भन्ने जस्तो लाग्यो मलाई त ।
भक्तपुर को सिडियो कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट मात्र ३ मिनेटको दुरी इताछे टोलको एउटा प्राइवेट क्लीनिकमा देखेको यो प्रचार सामग्री । गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी आफुलाई मन नपर्दो भये सजिलै अबोर्शन गरौ भन्ने आशय त होला नि यो विज्ञापनको । अबोर्शन त खास ठुलो कुरा पक्कै रहेन अब हामी कहा, छोरो नै चाहिन्छ भन्ने किसिमले गर्भावास्थामै शिसुको लिंग पहिचान गर्नु अनी छोरी छ भने अबोर्शन गराउनु चै पक्कै पनि कानूनी रुपमा अपराध नै होला । होइन भने यसरी आफुलाई चाहिएकै लिंग को संतान जन्माउने कुराको ग्यारेन्टी त दुनियाको कुनै पनि मेडिकल साइंस ले गर्न सकेको जस्तो कम्तिमा मैले चै देखे सुनेको छैन
जिल्लाका प्रसासकहरुको कार्यालय जाने आउने बाटोमै पर्ने यो क्लीनिक अनी यो विज्ञापन के उनीहरूले नदेखेरै होला त ऐले सम्म रही रहेको ? सुन्दा र देख्दा निक्कै सानो लागेतापनी यो कानून त अपराध जन्य काम हो
सडकमा फोहोर थुप्रनु, सड़कमा खाल्डा खुल्डी भएर सड़क दुर्घटना हुनु ,ट्राफिक नियम को पालना नगरिनु यस्तै स साना काम जो समयमै नगरेर ठुला रूप लिएर बिकराल समस्या भएका होइनन?
स्थानीय प्रशासनले गर्नु पर्ने होइन यस्ता कुराहरुको निराकरण त ?? शायद हामी सर्बसाधारण लाई जस्तै कर्मचारी प्रशासन मा पनि सरकार र नेताहरूलाई गाली गरी आफ्नो ड्यूटी गर्न बिर्सने रोग नै लागेको हो की ??

दिनेश

Thursday, February 5, 2009

जाँड पिएर जिम्मेवार बन्न सिकाउने यो कस्तो देश हो ?

तपाईं हामीले अहिलेसम्मा देखे सुनेको तथा पढेको, जिम्मेवार हुनलाई आफ्नो जिम्मेवारीको काम राम्रो सित गर्नु र तेस्को लागि आफु उत्तरदयी हुनु भन्ने बुझाई शायद हाम्रो देशमा फेरिएछ भन्ने बुझाउने रहेछ यो बिज्ञापनले ।



कोटेस्वर चोकको ट्रफिक कार्यालय सँगै देखिएको यो एउटा रक्शीको बिज्ञापनले वास्तव मै यही कुरा भनी रहेको छ। यहाँ त जिम्मेवार नागरिक बन्न त टन्न जाड पिउनुहोस् पो भनी रहेको छ। नेपाली फूटबलका ख्यातीप्राप्त पूर्व खेलाडी श्याम थापा लाई मोडेलका रुपमा देखाउदै उनी मार्फत "जीयौ जिम्मेवार नागरिक बनी" भन्ने यो बिज्ञापनले समाजमा कस्तो सन्देश दिने होला ??


शायद तेस्को हेक्का जती हाम्रो सरकारलाई होला तिनै मोडेल खेलाडीलाई पनि तेती मात्रै होला भन्ने निचोड्मा पुगे म त । खेल क्षेत्रको एउटा रोल मोडेल मानिन लायक खेलाडी दिल खोलेर जाड पियौ तेसो गर्दा समाजले गर्ब गर्न लायकको जिम्मेवार नागरिक भईन्छ भनेर सिकाउछ भने, मेरो बुझाईमा या त यिन्ले यस्को अर्थै बुझेका छैनन या थिएनन होइन भने उनी जस्तै पब्लिक फिगरका धेरै ब्यक्तित्वहरु पैसा पाउदा जस्तो सुकै बिज्ञापनमा बेपर्बाह किसिमले उभिन तयार हुँदा रहेछन भन्ने निधोमा पुगे। अर्को कुरा यस्तो नकारत्मक सन्देश जाने बिज्ञापनलाई सार्वजनिक चोकमा राख्न दिन महानगरपालिका लगयतका अन्य सरकारी निकाय त साचिकै आँखै पो चिम्ली दिदा रहेछन होइन त ?? अनी राजनीतिक दलका युवाफोर्स ,दस्ता ,वाइ सि एल आदीहरुको चै यस्ता कुरामा आँखा जाँदो रहेनछ । अब तपाईंहरुलाई चै यो बिज्ञापनले भन्न खोजेको कुरो कस्तो लाग्यो अवस्य लेख्नु होला है ।

अब तपाईंहरुलाई चै यो बिज्ञापनले भन्न खोजेको कुरो कस्तो लाग्यो अवस्य लेख्नु होला है कमेन्टमा।

Wednesday, January 14, 2009

छोरोको उमेर बुबाबारे उनको धारणा

छोरोको उमेर बुबाबारे उनको धारणा
४ वर्ष छँदाः मेरो बुबाले नजानेको कुरा केही छैन ।
६ वर्ष छँदाः मेरो बुबाले अरुले भन्दा धेरै जानेको छ ।
१० वर्ष छँदाः उहाँलाई केही कुरा थाहा रहेछ ।
१२ वर्ष छँदाः उहाँलाई पनि सबै कुरा थाहा रहेन छ ।
१४ वर्ष छँदाः केही कुरा मलाई थाहा छ उहाँलाई थाहा छैन ।
१६ वर्ष छँदाः उहाँसँग मैले सिक्नलायक केही कुरा छैन ।
१८ वर्ष छँदाः उहाँ सधैं काम नलाग्ने कुरा गर्नुहुन्छ ।
२१ वर्ष छँदाः अहिले पनि उहाँ ढुंगे युगको कुरा गर्नुहुन्छ ।
२५ वर्ष छँदाः बुढाहरूले यस्तो कुरा गर्नु स्वाभाविक हो ।
३० वर्ष छँदाः उहाँसँग मैले सिक्नुपर्ने केही कुरा रहेछ ।
३५ वर्ष छँदाः यसबारे बुबासँग सोध्नुपर्ला कि ।
४० वर्ष छँदाः उहाँसँग धेरै कुरा सिक्नु छ ।
४५ वर्ष छँदाः उहाँ साह्रै समझदार हुनुहुन्छ ।
५० वर्ष छँदाः उहाँले कसरी घर धान्नुहुन्थ्यो होला ।
५५ वर्ष छँदाः अहिले उहाँ हुनुभएको भए....

Saturday, March 22, 2008

मैले आशा गरेको घोषणापत्र

मैले आशा गरेको घोषणापत्र

दिनेश उप्रेती

ऐले सम्म नेपाल को ईतिहासमै नभएको खाल्को चुनाव हुदैछ हाम्रो देशमा । थरी थरीका राजनैतीक देखी लिएर जातिय अनी क्षेत्रिय दलहरु चुनाव मा आ आफ्ना चुनाबी घोषणा पत्र अनी प्रती बधता पत्र लिएर भोट् माग्दै हिंडेका खबर म बिदेश्मै भए पनि दैनिक जसो अखबारमा पढ्ने गर्छु । एक किसिमको खुशी लाग्ने गर्छ मलाई पनि यस्बाट आम नेपाली लाई जस्तै । घोषणा पत्र जुनसुकै दलका भए पनि मुल कुरो लगभग उस्तै हुने गरेका रहेछन । राज्य सन्चालनको मुल नायक राष्ट्रपती या प्रधान मन्त्री मध्ये कस्लाई बनाउने भन्ने कुराकै सेरोफेरो मा घोषणा पत्रका तानाबानाहरु बनाइएका हुँदा रहेछन । तर मलाई चै खै किन हो साएद नेपालमा राजनैतीक दलका बन्द र चक्का जाम अनी स्कुल क्याम्पस मा विद्यार्थीहरुको स्वतन्त्र सित पढ्न लेख्न पाउन नपाएको पिडा ले पो होला पार्टी हरुका राज्य सङ्रचना गर्ने ठुल्ठुला कुरा हरुले भन्दा नि यी केही स साना कुराहरु पो यी राजनीतिक दलहरुको घोषणा पत्रमा भै दिएको भए निक्क्कै प्रभाबकरी र त्यो धेरै का लागि चित्तबुझ्दो हुने थियो होला जस्तो लागेर कनी कुथी यो कुरो लेख्ने कोशीस गर्दैछु। दैनिक रुप्मा हामी कहा देखिने स सना समस्या हरुको धेरै जड त प्राय जसो हुने बन्द , साना कुराहरुमा गरिने सडक जाम आदिले गर्ने गर्छ । कम्तिमा एउटा भै रहेको चली रहेकै हालतमा पनि पो चल्न पएको हुन्न हाम्रो दैनिक जीवन ।
त्यसकारण मैले जस्तै तपाईं हरु धेरै ले पो एक यस्तो घोषणा पत्रको अपेक्षा गरेका थियौ कि जस्मा यी कुरा हरु समाबेश भएका हुन।

१. सके सम्म नेपाल ,उपत्यका या कुनै अञ्चल , जिल्ला बन्द गर्दै गर्दैनौ । यदी गर्नै पर्ने वाध्यात्मक अवस्था नै अै परे सर्ब साधारणको दैनिक जीवन लाई कस्ट नहुने किसिम्का बिरोधको शैली अप्नाउने छौ ।

२ कुनै पनि किसिमका बिरोध कार्यक्रम मा टायर बालेर बाटो अबरुध्ह गरी सम्पूर्ण जनमानस लाई टायरको बिसाक्त धुवा खान वाध्य पारेर सबैको स्वास्थ्य र जीवन लाई पिडादायक कदापी बनाइने छैन ।
३ स-साना स्कुले नानी हरुलाई आफ्ना राजनैतीक programme मा वाध्यत्मक ढंगले उपस्थिती गराइने छैन।
४ टावर, बाटा, सडक पुल जस्ता जरुरी कुरा भत्काएर आफ्ना माग पुरा गराउन सरकारलाई दबाब दिने बहानामा कहिल्यै आफ्ना कार्यकर्ताहरुलाई उक्सौने छैनउ ।
५ स्कुल, क्याम्पस , कल कारखान जस्ता productive कुराहरु कहिल्यै बन्द गर्ने छैनउ , गर्नै परेमा सालीन र सभ्य तरिका अप्नाउने छौ।
लौ साथी हरु हो तपाईं हरुका पनि लागेका थप कुरा हरु भए अरु बुन्दा हरुमा थप्दै जानुस् है, मैले त ऐले लाई यतिनै जाने ।

मिनभवन क्याम्पसमा म डिग्री पढ्दा बिहारी बिनोद सरले जापानमा हुने बिरोधको एउटा नमुना सुनाउनु भएको थियो , त्यो के थियो भन्दा जापानको कुनै जुत्ता कम्पनी मा मज्दुरहरुले एक पल्ट आफ्ना माग पुरा गराउन अरु दिन जस्तै गरी बिरोधका दिनमा पनि काम गरी रहन्थे रे तर जोडी जुत्ता बनाएर होइन कि दिन भरी दाँया या बाँया खुट्टामा लगाउने एकै खालका जुत्ता मात्रै बनाएर रे । त्यो कुरा जापान बसाइका क्रममा मलाई धेरै हद सम्म साचो लागेको छ। जापानिहरुको काम प्रतिको लगन र खटाइ देखेर ।
म लगयत यी कुराहरु घोषणा पत्र मा पढ्न चाहने तपाईं हाम्रै दुर्भाग्य होला यो कि यी कुराहरु समेटेका घोषणा पत्र आफुलाई जतिसुकै क्रान्तिकारी हुँ भन्ने पार्टी हरुले नि जनता सामु ल्यएनन। अब साएद आम नागरिक ले नै पो हामी तिमीहरुका यी कुरा समेटिएका घोषणा पत्र पढ्न चाहन्छौ भनेर draft बनाएर दिने हो की राजनीतिक पार्टी हरुलाई ....
यसो गरे कसो होला ??
आज लाई शुभम,,,,,,,

Wednesday, March 19, 2008

म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु।

म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु।


एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर" आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म decision गर्न एकदम weak भएरहेको थिंए ।"खान्दानि छन् रे, आंगन पनि ठुलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।"एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो" आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।"मलाई त मन खायो, तंलाई भनेर फोटो मगाएकि छु, ला" आमाले २ वटा फोटो हातमा राखिदिनु भयो ।आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटि त राम्री नै हो । मैले झलक्क हेर्दा त्यहि देखें ।म रिमोट बटारि रहेको थिंए । ०-५२ फेरि ० च्यानल सम्म बटार्नु मेरो पुरानो बानि । भरे बुआ आएपछि कुरा गरौला भनेर आमा गिलास उठाउँदै जानु भयो । आमा गएपछि 'केटिलाई' नियालें ।मुहार त राम्रै हो । कपाल कत्रो हो प्रष्ट संग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएको (sleeveless) ले उनका पाखुरा राम्रो संग देखिएको थियो । गोरो रंगमा खुलेको । ग्लामसर जस्तो । चस्मा लगाएकि, गोरि, मोटि-मोटि। मैले त्यो फोटोमा मेरि दुलहि खोज्न थालें ।आमा खाजा लिएर आउनु भयो । फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि । मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।मैले मुख फोरेर भने । पहिले म भेटछु, कुरा गर्छु अनि मात्र हजुर हरु । आमा मान्नु भयो ।म पनि दंङ्ग परे । खोजे जस्ति श्रीमति पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो ।बुआ पनि ढिलो ढिलै आउनु भयो । 'बुढाले बियर दन्काएछन' मन मनै भने ।'केटि त अर्कै खोजौ है" बुआले खाना पछि भन्नु भयो ।"किन नि" आमाले अलिक कडा स्वरमा भन्नु भयो ।"आऽऽऽऽऽऽ अर्कि खोजौ न, मलाई अलिक मन खाएन ""बिहे तपाईंले गर्ने कि कान्छाले" आमा रिसाउनु भयो ।मेरो मन कुडिंयो । कस्तो कस्तो कल्पना गरिसकेको थिए, त्यो फोटो कि दुलहि संग । बुआ, बुढा खुब संसार उनैले बुझेको जस्तो । मलाई पनि रिस उठ्यो ।" मैले त उ बेला नै ल्याएको नि तंलाई । कान्छाकै लागि भनेको । अझै राम्री खोज्न पर्यो भनेको ।" बुआ हांस्नु भयो । यसपालि आमाले पनि हुन्छ भन्नु भयो । मैले कुर बुझिन, त्यसै मन खिन्न भयो ।रात भरि खट्पटि भईरह्यो । किन बुआले मन बटार्नु भयो । के भएछ । केटि त गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्रि पनि हो । बुआ आमाले आश गरेको जति देलान नै, नत्र म के काम । फेरि त्यति को लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुआले । किन किन, मैले पत्तो लगाउन सकिन ।बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुआ गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।"कहिले रहेछ?" आमाले सोध्नु भयो ।"खोई BA पढ्दा अरे ""नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के भयो दैब जानुन । अर्काकि छोरि नदेखि नसुनि बात लाउन हुन्न । अनि पढाईको बिचमा नै दाजु संग काठमाण्डौं पठाएका रे ""होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन । छोरो मानेन भनिदिउंला" आमाले भन्नु भयो ।"कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटि नै छ, एसो केहि भनेर टारिदे न"मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें "अब म I Sc, BE, M Sc पढ्दा जति केटि साथि संग हिडे, डुले, खाजा खाए, बरै कसै को बिहे नहुने भयो । कठै मेरा केटि साथि हरु । "जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो"एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।"**********************************************************नाकको फुलि फुकालेकि रहिछन् । उनि बानेश्वरको nds छिर्ने बित्तिकै मैले उनको नाक notice गरि हाले । चिन्न गार्हो त भएन ? उनि नबसुन्जेल म उठिरहे ।'भएन' उनि मुस्काइन् । दाँत मिलेका रहेछन् । मेरो पनि सफा गर्नु पर्ने । मैले मेरो अधुरो काम सम्झिहालें ।'कफि लिने?''होइन, म त चिया लिन्छु ।' उनले आफ्नो ईच्छा राखिन् । म ब्लाक कफिमा अडिग भए ।मैले उनलाई जसरि हेरको थिए, वेटरले मलाई त्यसरि नै ।'अरु पछि भनौला' यति भनेपछि मात्र वेटर गयो ।केटा र केटि पहिले भेटने अनि मिल्यो भने मात्र कुरा अगाडि बढाउने भनेर कुरा मैले नै राखेको थिंए ।केटि B Sc को exam दिएर बसेकि । बिराटनगर कि केटि । सापकोटा, उपाध्याय बाहुन । आमाले को साइनो बाट कुरा मिलाउनु भएको । हाम्रो जस्तै परिवार छ रे । आमाले भन्नु भएको । कान्छी छोरी, दिदीहरु भन्दा राम्री ।पुड्कि नै त होईन तर हाइट कम । म पो कौन सा अग्लो छु र? जोडि त मिल्छ । मैले मन मनै गुने ।'अनि फुर्सद मा के गर्दै हुनुहुन्छ?' ५ मिनेट सोचेर मैले प्रश्न सोधें ।'buffalo को metabolism को बारेमा एउटा paper follow गर्दै छु ।" मेरो उडेको प्रश्नलाई उनले discrete उत्तर दिइन् ।मैले abstract expression देखांए ।केटि कडा रहिछ । निचोड संगै मैले कफि घुटुक्क पारे ।'carrier को main turning point मा बिबाह सोच्नु भएको?' मैले पनि वजनदार प्रश्न फालें ।उनि एकछिन सोच्न थालिन् । मलाई कता कता खुसि लाग्यो । राम्रो प्रश्न गर्न सफल भएकोमा ।कपाल खेलाउँदै निकै बेर अन्कनाएपछि उनि बोल्दै थिइन् । त्यति नै बेला वेटर आइपुग्यो ।'केहि order गर्नु न ल' उनले मेनु मतिर फर्काइन् ।'दुईवटा चिकेन रोल र एउटा फ्रेन्च फ्राई ।' अर्डर गरेपछि आफैलाई गालि गरे ।बानेश्वरको nds को रोल एकदम झुर हुन्छ ।'एउटा चांहि भेज गर्नु ल' उनले यस पटक पनि order change गरिन् ।'चिकेन मिठो लाग्दैन?' मैले केहि नसोचि, केटा साथिलाई जस्तो प्रश्न गरें ।'im vegetarian''एएएऽऽऽऽ' मलाई नराम्रो पनि लागेन । मेरो reaction neutral थियो ।उनले आफ्नो भनाई सुरु गरिन् । ब्याग टेबल मा थियो । टिस्सि पेपर झिकेर हातमा लिइन् ।'म master's लाई apply गर्दै छु, Australia, यो session मा' ।'अब गएपछि फेरि ३-४ बर्षमा मात्र आइएला । दिदी हरुको बिहे भएसक्यो । घरमा मेरो मात्र बाकि, ममि बाबा को मन पनि राखिदिनु पर्यो । फेरि पछि आफुलाई पनि ढिला हुन्छ । त्यसैले अहिले गर्ने सोचेको ।'उनि भन्दै गइन् । कफि वा उनको कुरा, के ले मलाई झुम्म बनायो, थाहा भएन ।'युनिभर्सिटिले अफर लेटर पठाइसक्यो । ADB को scholarship पाएको छु । त्यसैले राम्रो छ chance । Australia मा dependent ले काम गर्न पाउँछन । so, technical line को partner भयो भने सजिलो हुन्छ भनेर, हजुर संग कुरा चलेको हो ।''अनि पढाइ पछि , के गर्ने ?' मैले एकै चोटि अन्तिम प्रश्न सोधें ।'clearly भनौं है । अब यत्रो try गरेर पढेर फेरि यहि नेपालमा struggle गर्ने त आंउदिन । बरु retired life मा आंउला । this is my plan and vision of life, त्यहि हो । ' आंखी भौं उठाउँदै उनले आफ्ना बिचार राखिन् ।'भनेपछि कहिले को session लाई try गरेको?''२ महिना मा session शुरु हुन्छ । भ्यायो भने यहि महिनामा, नत्र document बनाउन ढिला हुन्छ ।'कफि हिउं चुलि भएको थियो । म पनि सोचमा हराए ।मेरो Pulchowk मा मास्टर्स सकिन अझै एक बर्ष बाकिं । गए पनि मैले us को सोचेको हो । Australia को त मैले सोचेको नै छैन । यि त तपसिलका कुरा, मलाई सबै भन्दा गाह्रो र अफ्ठ्यारो लागेको को कुरा त "आफु qualified भएर, स्वास्निको dependent भएर Australia जानु, भात पकाउन ??" मलाई मेरो दिमाग मा गढेको पारम्परिक पौरुषता को आडम्बर र रुढिबादि सामाजिक सोचले तर्सायो, उकास्यो ।कता कता आफैमा डुबेको थिंए । कुन त nd's को नमिठो चिकेन रोल त्यहि माथि चिसिएको ।'तपाईं को के छ plan?' उनको पालो थियो सोध्ने ।म असमन्जस्यमा परें ।'म सोच्दै छु ।' मैले साँचो उत्तर दिएं ।'अफ्ठ्यारो नमानि भने हुन्छ ।'उनको नाकमा टोमेटो सस लागेको रहेछ । उनकै हात बाट टिस्सि पेपर लिएर मैले पुछिंदिए । उनि शर्मिलो मुस्काइन् ।'फेरि कफि खाँउ है' भनेर मैले एउटा black coffee र एउटा milk tea मगाएं । उनले होइन, दुइ वटै black coffee भनिन् । म हासें । उनि पनि ।कफि आयो, लामो सास लिएर मैले सुरु गरे ।'I don't want to break my study right now. अब शुरु गरि सके । बिचमा म छोड्न सक्दिन । अनि मैले त्यस्तो permanently abroad जाने plan गरेको छैन । I have to be with my parents'लप्पन-छप्पन excuses नगरि मैले सिधा शब्दमा मेरो व्यवहार र वास्तविकता राखें ।'you are a good person' उनि कफि खादै हांसिन् । नाक मा केहि लागेको थिएन र पनि नाक पुछिरहेकि थिईन् ।चिनि पुगेनछ । एक चम्चा थपिन् । मैले पनि मेरो कप अगाडि बढाए । उनले मेरो मा पनि हालि दिइन् र चिनि घोलिन् ।'sorry, मैले हजुरको कफि जुठो गरिदिए' उनले भनिन् ।'अव मीठो हुन्छ होला' म हांसे ।केहि बात पछि उनले नै भनिन् । ' अफ्ठ्यारो मान्नु पर्दैन. We have our own paths of life. Our paths are different so leave this issue. Take it easy. I can handle my parents'उनि English बोल्दा बढि comfortable थिइन् । उनको कुरा ले मलाई पनि सजिलो भयो । नत्र आमा बुआ लाई कुरा वुझाउन गाह्रो हुन्थ्यो ।मेरा साथि हरु म भन्दा राम्रा छन नि, म हजुर को बारेमा कुरा गर्छु ' बाकि रहेको एक मात्र finger chips मा धेरै सस दलेर उनले मीठो मानि मानि खाइन् । म हासें ।'मेरा पनि batch mate हरु छन Australia म भन्दा पनि good persons हरु । ill provide their id to you.'हामी दुबै जना मरि मरि हास्यौं ।उनले डायरि निकालेर मेरो email id मागिन् ।मैले सकेसम्म राम्रो अक्षरमा लेखें***************************"सुष्मा हो नि केटि को नाम, बिर्सेलास!' आमाले हिड्नु अगाडि भन्नु भयो । म झसंग भए । शंका दह्रो भयो ।हाम्रै कलेज पढेकि केटि भनेपछि चिनेको त होला भन्दै थिए । न्यौपानेकी छोरी, सुष्मा । सुष्मा न्यौपाने । २ ब्याच जुनियर ।हेर्ने जाने भनेर जुत्ता लगाइसकेको थिए । आमालाई केहि भनिन । जुत्ता मा पालिस लगाउन बाकिं थियो । मन लागेन, लगाइन ।'सन्तोषको अफेयर चलेको थियो, कलेजमा । डेढ बर्ष अगाडि उ US गएको थियो । तर कलेज पछि सुष्मा को बारेमा मलाई जानकारि भएन ।के भन्ने के गर्ने जस्तो भयो । केहि भनिन ।वुआ पनि रेडि हुनुभयो ।'जाउँ हिड' भन्नु भयो । म पछि लागे । आमा बाहिर सम्म निस्कनु भयो ।'सापकोटा' केटिको कुरा असफल भएपछि आमा मेरो बिहेलाई लिएर झन जोड तोड का साथ लाग्नु भएको थियो ।'यो फाल्गुणमा जसरि पनि कान्छाको बिहे गर्ने' बुआ संग प्राय: नझर्किने मेरी आमा ले एक सांझ कडा स्वरमा भन्नु भयो । त्यो दिन बुआ त केहि बोल्नु भएन, मेरो त के कुरा ।पुरानो बानेश्वरमा दिदि लाई लिएर हामी मैतिदेवि तिर लाग्यौ ।'यो DENIM कति धेरै लगाएको' दिदिले बुआको aftershave को कडा बास्ना को विरोध गरि ।'आफ्नो गालामा मनलागे जति दल्न पर्छ, हा हा हा हा' खैनि खाने मेरो बुआका दाँत कहिल्यै सेता भएनन् ।दिदी र बुआ गफमा भुल्नु भयो । म सुष्मा र सन्तोषको पुरानो relation सम्झंन थाले ।क्यान्टिनमा प्राय: उनिहरु संगै हुन्थे । हामी पनि कहिले काहि उनिहरु को group मा सामेल हुन्थ्यौ । सन्तोषले propose गरेको १ बर्षपछि मात्र accept गरेकि थिइन् सुष्माले । मैले त्यस्तै सुनेको थिए । एउटै batch भएपनि faculty फरक भएर होला, सन्तोषसंग त्यस्तो गहिरो र नजिकको दोस्ति भने थिएन मेरो ।कस्तो संयोग होला, आज म सुष्मालाई हेर्न जादैछु!!! के हो के हो जिवन । कहिले कहां डोहोर्याउँछ कहिले कहाँ ।One way भएकोले गाडि वरै पार्क गरेर हामी हिड्यौ । दिदीले घर देखेकि थिइं, उ नै अघि लागि । बुआ र म पछि । मैतिदिविको मन्दिर अगाडि सदा झैं यो पटक पनि टाउको निहुर्‌याए ।Rent को फ्लाटमा बसेको रहेछन् । दोस्रो तल्ला । मिलाएर सजाएको कोठा, सफा ।नियमित गफ सुरु भए । वातावरण सन्तुलित अनि familiar बनाउने पारम्परिक नेपालि गफ ।पहाडका गफ बाट ice break भयो ।'यसका मावलिको चाहि भोजपुर भुल्के । पुर्व ४ नंम्बर । हामी चाहिं १८ सालमा झरेका ।'बुआ बोल्दै हुनुहुन्थ्यो । दिदी कता अर्को कोठामा गएकि थिइ । म भने त्यो भाइ संग त्यसै काम न काज संग दांत देखाएर बसेको ।कोठाका सबै थोक नियाल्दै गए । भित्ताका सजावटहरु, सोकेसका श्रृंगारहरु, भुईका गलैचाहरु । टेवल मुनि 'नेपाल' पत्रिका रहेछ । सजिलो भयो ।बुआ गफमै हुनुहुन्थ्यो । ' यहि कान्छो को मात्र बाकिं, यसको बिहे गरेर हामी चांहि १२ धाम घुम्न जाने सोचेका छौं । हात खुट्टा चल्दै जानु पर्यो नि ।''बियर र सुर्ति छोड्नु नि, १२ धामका गफ' मेरो अफ्ठ्यारो समेत मिसाएर मैले बुआलाई मन मनै गालि गरे ।उनि आइन्, कुर्ता सलवारमा । कपाल पछाडि बाधेको । ट्रेमा चिया बोकेर ।पहिले बुआलाई दिईन् । अनि उनका बुआलाई दिदै थिईन्, वहांले मतिर इशारा गर्नु भयो । त्यहि कप उनले मतरि राखिन् । मैले अफ्ठ्यारो हातका साथ लिए ।झन आवाज ननिकालौ भन्यो, कप त्यसै बज्छ । चिया पोखिएला भन्ने कत्रो त्राहि मलाई ।'संगै बसे भै गयो नि' को देखेको मान्छे भनेको त दिदिको साथि पो हुनुहुदो रहेछ । उठेर नमस्कार गरे ।'म सुष्मा को दिदी' उनले नै भनिन् । बल्ल बुझे, लमि त दिदिहरु पो रहेछन् । सुष्मालाई ल्याएर म सँगै राखिन् ।बस्दा उनलाई अलि अलि छोइएको थियो । गाह्रो गरि चियाको पहिलो चुस्कि लिए ।आथ्था, कस्तो तातो । तालुको छाला सबै पोल्यो ।कप राखें । तालुको छाला गएछ । मैले जिब्रो भित्र भित्रै बटारिरहें ।'ल हेर त अफ्ठयारो मानेका, उ पल्लो कोठामा बसेर गफ गर, सजिलो हुन्छ ।' मेरि दिदी बुझ्झकि भईसकेकि थिई । व्यवहार जान्ने, कुरा बुझ्ने, मिलाउने ।हामी अर्को कोठामा लाग्यौ । सुष्मा अलिक सहज भईन् । म पनि ।म कुर्सिमा बसे, उनि खाटमा । उनकै कोठा रहेछ । चक्लेटि कुरा ले सजाएको ।'सुष्मा, मैले हिड्ने बेलामा मात्र थाहा पाए । तिमी कहां आउंदैछु भनेर ।'उनि अलिक निन्याउरो भइन् ।'मलाई पहिले नै थाहा थियो, तपाई हो भनेर, त्यसैले नाईं पनि भन्न सकिन 'मेरो प्रसंसा हो वा बिवाह को मन्जुरि मैले बुझिन ।'पढाउँदै छौ हैन?' मैले प्रसंग बदल्ने प्रश्न गरे ।'हो' उनले केहि कुरा भन्न सास जोगाउँदै थिइन् । यो कुरा म जति बुझ्दै थिए त्यति नै अफ्ठ्यारो लाग्दै थियो ।'सुष्मा, I don't know what happened between you and santosh. I only know he is abroad. 'मैले जति रोक्न खोजे पनि यति नभनि म बस्न सकिन ।निहुरिएकि थिइन् । उनका आँखा भरिएका थिए । त्यहां कुरा गर्न अफ्ठ्यारो थियो । तर पनि हामी त्यहां बाट उठेपछि धेरै महत्त्वपुर्ण decisions हरु हुन्थे त्यहि भएर कुरा गर्न जरुरि थियो, सजिलो अफ्ठ्यारो एकातिर राखेर ।'im in real dilemma. उनले धेरै बेर पछि आफै भनिन् । हो, सन्तोष र मेरो affair थियो । we still have in some way. सगै us जाने प्लान थियो । तर मेरो GRE एकदम खत्तम भयो । toefl पनि दिएको थिईन । फेरि उसले ra पाएको थियो । उ गएपछि process गर्न एक्लै पनि भए, गाह्रो पनि भयो । अहिले idle जस्तो भएर बसेकोले बिहेको कुरा बढेको हो ।''अनि उ के भन्छ?''मैले बिहेको कुरा भनि सके । उसले म समर मा मिलाएर आउंछु भनेको छ । यो ३ महिना पर्ख, hold गर भनेको छ ।''अनि, parents लाई भनेको छैनौ त?''भनेको हो पहिले नै । अरु बेला ठिकै छ भनेर मान्नु पनि भएको हो । तर यो पालि, केटा गतिलो छ । अब सधै बिदेशकालाई कुरेर पनि हुदैन । कुरा मिल्यो भने यहि संग गर्नु पर्छ भनेर ममि ड्याडिले जिद गर्नु भयो । मैले वहां हरुलाई जित्न नै सकिन ।' उनले कुरा नढाँटि राखिन् ।म सोचमा परे । एक त आफ्नो बिहे को यत्रो संघर्ष अर्को साथीको नासो । सबै कुरा मिलेको छ । घर, परिवार, हाम्रो सोच । सबै थोक । सुष्मा संग बिवाह गर्दा सबै खुसि, उनको परिवार, मेरो परिवार र म पनि । तर पनि मन भन्दा ठुलो कुरा केहि हुन्छ र???धेरै सोचैर मैले आँट गरेर सोधे 'म के गरौं?''please, reject me. It will be easier for me. Please!!!!!'मैले अपेक्षा गरेको नै उत्तर पाए ।केहि बेर को मौनता पछि दिदी आई ।'एकै चोटि कति लामो कुरा गरेका । जाउँ अब' उ जिस्काउँदै थिई ।घर फर्कन गाडिमा बसियो । बुआ र दिदी पछाडि मेरो भविष्य बुन्दै हुनुहुन्थ्यो म भने तिनै पालिस नलगाएका जुत्तामा आफुलाई नियाल्दै थिएं ।*****************************कुनै अपराधि जस्तो झोक्राएर बसिरहें । रिमोट बटारिरहेको थिए । आमा चिया लिएर आउनु भयो ।'आफै कोहि हेरेको छस् भने खुरुक्क भन् , के नाटक गर्छस?' शुरुमै पड्कनु भयो ।'छैन, कोहि पनि छैन ।" मैले मधुरो स्वरमा छोटो उत्तर दिएं ।'के भनेर बात लाउँछस्, अर्काकि छोरीलाई । उता तेरि दिदि रिसाएर बम छे । के भन्छस उसलाई । आउँदिन रे अब देखि तेरो घरमा ।''बिचरिले साथीकि बहिनि भनेर, पक्का होला भन्दै कुरा मिलाएकि रहिछ । मुखै देखाउन नहुने बनायो भाइले भनेर चित्त दुखाएकि थिइं ।' आमा सुनाउँदै हुनुहुन्थ्यो । मलाई भने यो प्रसंग जति सक्यो छिटो बन्द गर्न मन थियो ।'आऽऽऽ, अब छोडिदिनु यो कुरा, म अहिले बिहे गर्दिन । अब मास्टर्स सकेपछि मात्र ।''कसले समातेको छ र?, तंलाई जे मन लाग्छ त्यहि गर ।हन, सुन कै चाहिएको होकि ? के हो' आमा सुकाएका लुगा पट्याउँदै बोलि रहनु भयो । म ति कुरा सुन्दै गए । रिमोट बटार्दै गए । म संग बिकल्प थिएन ।'कति गतिलि केटि थिई, राम्रि उत्तिकै । बिचार मिल्दैन रे !!!!के का बिचार मिल्न पर्यो । ''तै पनि त आमा' अलिकति प्रतिवाद गर्न खोजेको थिए ।'स्वास्नि ले माया गरि हाल्छे, त कमाइ हाल्छस, के हो बिचार नि । हामीले कालो गोरो, बुढो तरुनो, केहि नहेरि बिहे गरियो । खुशी नै छौं, सुखी नै छौं । तैले के खोजेको होस, मैले बुझिन ।'मैले प्रतिवाद गर्न सकिन । उचित पनि लागेन । फेरि कमै मात्र उठने मेरी आमाको रिस को बेग धेरै हुन्छ ।आमा लुगा पनि सबै नमिलाई त्यहां बाट हिड्नु भयो । म भने त्यसै के के सोच्दै सोफामा ढल्केर कुराहरु बुनिरहे । उधारि रहें ।'बिचार मिलेन, फेरि म भन्दा अग्लि रहिछ' यि भन्दा अरु बाहाना मैले दिन सकिन, सुष्मालाई reject गर्न ।आमा उग्र रिसाउनु भएको थियो । दिदी को त झन कुरै अर्को । हाम्रो मा अब नआउने रे । बुआले आफ्नो भाग बिहान नै भनेर हिड्नु भएको थियो ।'नाक निके को भागमा झुसिल्किरो पर्छ, कान्छा । साना तिना कुरा खोदल्दा जिन्दगि लडाउलास्, आगे तेरो विचार' यति भनेर वुआ ४ दिन लाई बाहिर जानु भएको थियो । आमाको १०० वटा गालि भन्दा बुआको एकै भनाई ले मलाई चिमोटि रह्यो ।यस्तै यस्तै कुरा मा रुमलिईरहें । त्यहि सोफामा निदाएंछु । त्यहि टिभि कोठामा । गहिरो गरि निदाएको नै त होईन, तर पनि झपक्क भएछुं ।टिभि खुल्लै थियो । आमा कति बेला हो आउनु भयो ।'हेर त, आफ्नो खाटमा त सुत्नु' बिस्तारै आफै सित गुन्गुनाउनु भयो । मैले आँखा खोलिन् ।टिभि निभाउनु भयो । मेरो नजिकै आउनु भयो । अनि मेरो निधारमा हात राख्नु भयो । च्यादर ल्याएर ओडाईदिनु भयो । जाँदा मेरो चिया को गिलास बोकेर जानु भयो ।यस पटक चाँहि म मज्जाले निदांए ।भोलिपल्ट म अफिस बाट छिट्टै निस्के । के मन लाग्यो, असन पुगें । ईन्द्रचोकमा गएर कालो दाल किने । यता उता हिड्दै लसुन, अदुआ, तेज पत्ता, मरिच , के के के के । यस्तै यस्तै कुराहरु । किन किने थाहा पनि छैन । यसो हेरेको पारि पट्टि को पसलमा चप्पलहरु रहेछन् । राम्रो लाग्यो । आमालाई लिईदिए ।घर पुगेर आमालाई झोला दिए ।'अर्को हप्ता सत्यनारायणको पूजा लाउने भनेर आज मात्र गुरुजि संग सल्लाह गरेको थिंए । स्वस्ति शान्ति गर्नु पर्यो भनेर । कस्तो जानेर ल्याएछ सामान, म अब जानै परेन ।' आमा खुशी हुनुभयो । मलाई पनि हलुका भयो ।खाजा संगै आमाले फेरि प्रस्ताव पस्कनु भयो ।'आमा, भयो यसपालि बिहे नगरौं । अर्को साल, मेरो पढाई पनि सकिन्छ ' मलाई मेरो दुलहि खोजिको संघर्षले धेरै थकाएको थियो । मैले टार्न खोजे ।'यहि एउटि मात्र, तलाई चित्त खाएन भने म केहि भन्दिन । त्यसपछि त जहिले भन्छस तहिले'म चुप लागें । नाई पनि भन्न सकिन ।'दिदीले खोजेकि हो । उसका घरतिर कि केटि हो रे । नर्स।'निकै बेर चुपलागे पछि मैले भने ' ल आमा, तपाई र दिदी गएर हेर्नु, तपाई दुई जनालाई मन खायो भने, त्यहि केटि जिन्दाबाद । म केहि नभनि बिहे गर्छु । हुन्छ??''बजिया' यति भनेर आमाले मेरो टाउको मुसार्नु भयो । त्यो पल साह्रै मीठो थियो ।आमा दिदि संग फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । म star movies मा अडिग भएर सोच्न थाले'जन्तिमा को को साथी हरु बोलाउने????

'(Provided By: Surendra Narayan, Electrical Engineer) pulchok Campus