छोरोको उमेर बुबाबारे उनको धारणा
४ वर्ष छँदाः मेरो बुबाले नजानेको कुरा केही छैन ।
६ वर्ष छँदाः मेरो बुबाले अरुले भन्दा धेरै जानेको छ ।१० वर्ष छँदाः उहाँलाई केही कुरा थाहा रहेछ ।
१२ वर्ष छँदाः उहाँलाई पनि सबै कुरा थाहा रहेन छ ।
१४ वर्ष छँदाः केही कुरा मलाई थाहा छ उहाँलाई थाहा छैन ।
१६ वर्ष छँदाः उहाँसँग मैले सिक्नलायक केही कुरा छैन ।
१८ वर्ष छँदाः उहाँ सधैं काम नलाग्ने कुरा गर्नुहुन्छ ।
२१ वर्ष छँदाः अहिले पनि उहाँ ढुंगे युगको कुरा गर्नुहुन्छ ।
२५ वर्ष छँदाः बुढाहरूले यस्तो कुरा गर्नु स्वाभाविक हो ।
३० वर्ष छँदाः उहाँसँग मैले सिक्नुपर्ने केही कुरा रहेछ ।
३५ वर्ष छँदाः यसबारे बुबासँग सोध्नुपर्ला कि ।
४० वर्ष छँदाः उहाँसँग धेरै कुरा सिक्नु छ ।
४५ वर्ष छँदाः उहाँ साह्रै समझदार हुनुहुन्छ ।
५० वर्ष छँदाः उहाँले कसरी घर धान्नुहुन्थ्यो होला ।
५५ वर्ष छँदाः अहिले उहाँ हुनुभएको भए....

No comments:
Post a Comment