Thursday, June 4, 2009

के को विज्ञापन गर्न छुट छैन नेपालमा ??



संगै देब्रे पटि लेखिएको विज्ञापन हेर्नुस त , नेपाल मा जस्तो सुकै विज्ञापन सर्बजनिक स्थानमा राख्न पाइदो रहेछ भन्ने जस्तो लाग्यो मलाई त ।
भक्तपुर को सिडियो कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट मात्र ३ मिनेटको दुरी इताछे टोलको एउटा प्राइवेट क्लीनिकमा देखेको यो प्रचार सामग्री । गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी आफुलाई मन नपर्दो भये सजिलै अबोर्शन गरौ भन्ने आशय त होला नि यो विज्ञापनको । अबोर्शन त खास ठुलो कुरा पक्कै रहेन अब हामी कहा, छोरो नै चाहिन्छ भन्ने किसिमले गर्भावास्थामै शिसुको लिंग पहिचान गर्नु अनी छोरी छ भने अबोर्शन गराउनु चै पक्कै पनि कानूनी रुपमा अपराध नै होला । होइन भने यसरी आफुलाई चाहिएकै लिंग को संतान जन्माउने कुराको ग्यारेन्टी त दुनियाको कुनै पनि मेडिकल साइंस ले गर्न सकेको जस्तो कम्तिमा मैले चै देखे सुनेको छैन
जिल्लाका प्रसासकहरुको कार्यालय जाने आउने बाटोमै पर्ने यो क्लीनिक अनी यो विज्ञापन के उनीहरूले नदेखेरै होला त ऐले सम्म रही रहेको ? सुन्दा र देख्दा निक्कै सानो लागेतापनी यो कानून त अपराध जन्य काम हो
सडकमा फोहोर थुप्रनु, सड़कमा खाल्डा खुल्डी भएर सड़क दुर्घटना हुनु ,ट्राफिक नियम को पालना नगरिनु यस्तै स साना काम जो समयमै नगरेर ठुला रूप लिएर बिकराल समस्या भएका होइनन?
स्थानीय प्रशासनले गर्नु पर्ने होइन यस्ता कुराहरुको निराकरण त ?? शायद हामी सर्बसाधारण लाई जस्तै कर्मचारी प्रशासन मा पनि सरकार र नेताहरूलाई गाली गरी आफ्नो ड्यूटी गर्न बिर्सने रोग नै लागेको हो की ??

दिनेश

Thursday, February 5, 2009

जाँड पिएर जिम्मेवार बन्न सिकाउने यो कस्तो देश हो ?

तपाईं हामीले अहिलेसम्मा देखे सुनेको तथा पढेको, जिम्मेवार हुनलाई आफ्नो जिम्मेवारीको काम राम्रो सित गर्नु र तेस्को लागि आफु उत्तरदयी हुनु भन्ने बुझाई शायद हाम्रो देशमा फेरिएछ भन्ने बुझाउने रहेछ यो बिज्ञापनले ।



कोटेस्वर चोकको ट्रफिक कार्यालय सँगै देखिएको यो एउटा रक्शीको बिज्ञापनले वास्तव मै यही कुरा भनी रहेको छ। यहाँ त जिम्मेवार नागरिक बन्न त टन्न जाड पिउनुहोस् पो भनी रहेको छ। नेपाली फूटबलका ख्यातीप्राप्त पूर्व खेलाडी श्याम थापा लाई मोडेलका रुपमा देखाउदै उनी मार्फत "जीयौ जिम्मेवार नागरिक बनी" भन्ने यो बिज्ञापनले समाजमा कस्तो सन्देश दिने होला ??


शायद तेस्को हेक्का जती हाम्रो सरकारलाई होला तिनै मोडेल खेलाडीलाई पनि तेती मात्रै होला भन्ने निचोड्मा पुगे म त । खेल क्षेत्रको एउटा रोल मोडेल मानिन लायक खेलाडी दिल खोलेर जाड पियौ तेसो गर्दा समाजले गर्ब गर्न लायकको जिम्मेवार नागरिक भईन्छ भनेर सिकाउछ भने, मेरो बुझाईमा या त यिन्ले यस्को अर्थै बुझेका छैनन या थिएनन होइन भने उनी जस्तै पब्लिक फिगरका धेरै ब्यक्तित्वहरु पैसा पाउदा जस्तो सुकै बिज्ञापनमा बेपर्बाह किसिमले उभिन तयार हुँदा रहेछन भन्ने निधोमा पुगे। अर्को कुरा यस्तो नकारत्मक सन्देश जाने बिज्ञापनलाई सार्वजनिक चोकमा राख्न दिन महानगरपालिका लगयतका अन्य सरकारी निकाय त साचिकै आँखै पो चिम्ली दिदा रहेछन होइन त ?? अनी राजनीतिक दलका युवाफोर्स ,दस्ता ,वाइ सि एल आदीहरुको चै यस्ता कुरामा आँखा जाँदो रहेनछ । अब तपाईंहरुलाई चै यो बिज्ञापनले भन्न खोजेको कुरो कस्तो लाग्यो अवस्य लेख्नु होला है ।

अब तपाईंहरुलाई चै यो बिज्ञापनले भन्न खोजेको कुरो कस्तो लाग्यो अवस्य लेख्नु होला है कमेन्टमा।

Wednesday, January 14, 2009

छोरोको उमेर बुबाबारे उनको धारणा

छोरोको उमेर बुबाबारे उनको धारणा
४ वर्ष छँदाः मेरो बुबाले नजानेको कुरा केही छैन ।
६ वर्ष छँदाः मेरो बुबाले अरुले भन्दा धेरै जानेको छ ।
१० वर्ष छँदाः उहाँलाई केही कुरा थाहा रहेछ ।
१२ वर्ष छँदाः उहाँलाई पनि सबै कुरा थाहा रहेन छ ।
१४ वर्ष छँदाः केही कुरा मलाई थाहा छ उहाँलाई थाहा छैन ।
१६ वर्ष छँदाः उहाँसँग मैले सिक्नलायक केही कुरा छैन ।
१८ वर्ष छँदाः उहाँ सधैं काम नलाग्ने कुरा गर्नुहुन्छ ।
२१ वर्ष छँदाः अहिले पनि उहाँ ढुंगे युगको कुरा गर्नुहुन्छ ।
२५ वर्ष छँदाः बुढाहरूले यस्तो कुरा गर्नु स्वाभाविक हो ।
३० वर्ष छँदाः उहाँसँग मैले सिक्नुपर्ने केही कुरा रहेछ ।
३५ वर्ष छँदाः यसबारे बुबासँग सोध्नुपर्ला कि ।
४० वर्ष छँदाः उहाँसँग धेरै कुरा सिक्नु छ ।
४५ वर्ष छँदाः उहाँ साह्रै समझदार हुनुहुन्छ ।
५० वर्ष छँदाः उहाँले कसरी घर धान्नुहुन्थ्यो होला ।
५५ वर्ष छँदाः अहिले उहाँ हुनुभएको भए....